काठमाडौं– इंग्लिस प्रिमयर लिग फुटबलमा टोटनहामले सानदार जित निकालेको छ। नेपाली समयअनुसार शनिबार राति भएको खेलमा टोटनहामले बर्नलीमाथि ५–२ को सानदार जित निकालेको हो।
टोटनहामको जितमा सन हेङमिनले ह्याट्रिक गरे। उनले १६, ६३ र ६६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलको चौथो मिनेटमा फोस्टरले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए। तर त्यसपछिको खेलमा टोटनहाम हाबी भयो। १६ औं मिनेटमा सनले गोल गर्दै टोटनहामलाई बराबरीमा ल्याएका थिए।
पहिलो हाफको अतिरिक्त समयमा रोमेरोले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए। त्सपछि सनले लगातार २ गोल गर्दै ह्याट्रिक गरे। ५४ औं मिनेटमा टोटनहामका लागि मेड्डिसिनले गोल गरे। ९० मिनेटपछिको अतिरिक्त समयमा ब्रोनहिलले बर्नलीका लागि दोस्रो गोल गरेका थिए।
प्रिमियर लिगकै अन्य खेलहरुमा शेफिल्ड युनाइटेड र एभर्टनले २–२ को बराबरी खेले। ब्रेनफोर्ड र बोर्नमाउथले पनि २–२ को बराबरी खेले। अर्को खेलमा चेल्सी आफ्नै घरमा नटिङ्हाम फरेस्टसँग १–० ले पराजित भयो। ब्राइटनले भने न्युक्यास्टललाई ३–१ ले पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।