काठमाडौं– ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै रियल मड्रिडले ला–लिगामा कठिन जित निकालेको छ। शनिबार राति भएको खेलमा रियल मड्रिअडले घरेलु टोली गेटाफेविरुद्ध २–१ को कमब्याक जित निकालेको हो।
खेलको ११ औं मिनेटमा मेयोरालले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा रियल मड्रिड १–० ले पछि परेको थियो।
दोस्रो हाफमको ४७ औं मिनेटमा होसेलुले गोल गर्दै रियललाई बराबरीमा ल्याए। त्यसपछि निर्धारित ९० मिनेटसम्म खेल १–१ को बराबरीमा रोकिएको थियो। तर अतिरिक्त समयमा बेलिङ्घमले गोल गरेपछि रियल मड्रिडले २–१ को जित निकाल्यो।
जितसँगै ४ खेलमा ४ वटै जित निकाल्दै रियल मड्रिड १२ अंकसहित शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।