काठमाडौं– निर्धारित समयपछिको अतिरिक्त समयमा २ गोल गर्दै आर्सनलले म्यानचेस्टर युनाइटेडमाथि रोमान्चक जित निकालेको छ।
इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराउँदै महत्त्वपूर्ण जित निकालेको हो। खेलको २७औं मिनेटमा इरिक्सनको पासमा रास्फोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए।
त्यसको लगतै एक मिनेटपछि २८ औं मिनेटमा मार्टिनेलीको पासमा ओडेगार्डले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि निर्धारित समयसम्म खेल १–१ को बराबरीमा रोकिएको थियो। निर्धारित समयपछि थप गरिएको अतिरिक्त समयमा भने आर्सनलले २ गोल गर्दै महत्त्वपूर्ण जित निकाल्यो।
९६औं मिनेटमा राइस र १०१औं मिनेटमा ग्राबियल जिससले गोल गरेपछि आर्सनल ३–१ ले विजयी भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।