काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई ३–० ले हराउँदै सानदार जित निकालेको छ। लिभरपुलले २ गोल गर्यो भने १ गोल ‘उपहार स्वरुप’ पाएको थियो।
अलेजेन्डर अर्नाल्डोको पासमा सोज्बोस्जलाईले खेलको तेस्रो मिनेटमै गोल गर्दै लिभर पुललाई अग्रता दिलाएका थिए। त्यसपछि २२ औं मिनेटमा क्यासले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता दोब्बर बनायो।
५५ औं मिनेटमा नुनजको पासमा सलाहले गोल गरेपछि लिभरपुलले ३–० को नतिजा निकाल्यो।
प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेसले वुल्भ्सलाई ३–२ ले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।