काठमाडौं– लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनविरुद्ध ४–१ को निकालेको छ। पीएसजीको जितमा एमबाप्पेल २, हाकिमीले १ र एसेन्सियोले १ गोल गरे।
खेलेको थौथो मिनेटमा पेनाल्टीमार्फत् एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। २२औं मिनेटमा हाकिमीले गोल गर्दै अग्रता दोब्बर बनाए। ३८औं मिनेटमा एसेन्सियोले गोल गरेपछि पीएसजीले ३ गोलको अग्रता बनायो।
पहिलो हाफको अतिरिक्त समयमा एसेन्सियोको पासमा पुनः एमबाप्पेले गोल गर्दै ४ गोलको अग्रता बनाए।
लियोनका लागि टोलिस्सोले ७४औं मिनेटमा १ गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।