मनाेनयमा परेका खेलाडीहरू क्रमश: बेलिङ्घम, मेसी, साका र हालाण्ड काठमाडौं– फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डीओरका लागि ३० जना खेलाडी मनोनयनमा परेका छन्। फ्रान्स फुटबल म्यागजिनले बुधबार राति मनोनयमा परेका ३० खेलाडीको नाम सार्वजनिक गरेको हो।
सन् २०२२/२३ मा गरेको प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक गर्दा स्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियर भने सूचीमा अटाएका छैनन्। उनीहरु दुबैको प्रदर्शन गत सिजन उत्कृष्ट बन्न सकेको थिएन।
अवार्डको मुख्य दाबेदारको रुपमा अर्जेन्टिनाका लियोनल मेसी र नर्वेका अर्लिङ हालाण्डलाई लिइएको छ। मेसीले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए भने हालाण्डले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधि जिताएका थिए।
यो अवार्ड आउँदो अक्टोबर ३० मा प्रदान गरिनेछ। गत वर्ष बोलोन डीओर अवार्ड फ्रान्सका बेन्जिमाले जितेका थिए । मेसीले यसअघि ७ पटक यो अवार्ड जितिसकेका छन्।
को को छन् सूचीमा?
जोस्का गार्डियोल (म्यानचेस्टर सिटी, क्रोएसिया)
जमल मुसियाला (बायर्न म्युनिख, जमर्नी)
आन्द्रे ओनाना (म्यानचेस्टर युनाइटेड, क्यारुन)
करिम बेन्जिमा (अल इत्तिहाद, फ्रान्स)
मोहमद सलाह (लिभरपुल, इजिप्ट)
बुकायो साका (आर्सनल, इंग्ल्याण्ड)
केभिन डी ब्रुयना (म्यानचेस्टर सिटी, बेल्जियम)
जड बेलिङ्घम (रियल मड्रिड, इंग्ल्याण्ड)
रान्डल कालो मुआनी (पीएसजी, फ्रान्स)
बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी, पोर्चुगल)
ख्विचा काभ्रातास्खेलिया (नापोली, जर्जिया)
निकालो बारेल्ला (इन्टर मिलान, इटाली)
इमिलियानो मार्टिनेज (एस्टन भिल्ला, अर्जेन्टिना)
रुबिन डायस (म्यानचेस्ट सिटी, पोर्चुगल)
अर्लिङ हालाण्ड (म्यानचेस्टर सिटी, नर्वे)
मार्टिन ओडेगार्ड (आर्सनल, नर्वे)
इल्के गुन्डोगान (बार्सिलोना, जर्मनी)
यासिने बोनोउ (सेभिल्ला, मोरक्को)
जुलियन अल्भारेज (म्यानचेस्टर सिटी, अर्जेन्टिना)
भिनिसियस जुनियर (रियल मड्रिड, ब्राजिल)
रोड्री (म्यानचेस्टर सिटी, स्पेन)
एन्टोनी ग्रिजम्यान (एथ्लेटिको मड्रिड, फ्रान्स)
लियोनल मेसी (इन्टर मियामी, अर्जेन्टिना)
लाटौरो मार्टिनेज (इन्टर मिलान, अर्जेन्टिना)
रोबर्टो लेवान्डोस्की (बार्सिलोना, पोल्याण्ड)
किम मिन जी (बायर्न म्युनिख, साउथ कोरिया)
लुका मोड्रिच (रियल मड्रिड क्रोएसिया)
केलियन एम्बाप्पे (पीएसजी, फ्रान्स)
ह्यारी केन (बायर्न म्युनिख, इंग्ल्याण्ड)
भिक्टर ओसिम्हेन (नापोली, नाइजेरिया)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।