काठमाडौं– फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने कोपा ट्रफीका लागि १० खेलाडी मनोनयनमा परेका छन्। यु–२१ अर्थात २१ वर्ष मुनिका युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीको मनोनयनमा परेका खेलाडीहरूको नाम बुधबार राति सार्वजनिक गरिएको हो।
सार्वजनिक सूची अनुसार स्पेनिस क्लब बार्सिलोनाका मात्रै ३ खेलाडी मनोनयमा परेका छन्। बार्सिलोनाका गाभी, पेड्री र अलेजान्ड्रो बाल्डे गरी ३ खेलाडी मनोनयनमा परेका छन्। यी तीनै जना खेलाडी स्पेनका हुन् ।
यसैगरी इंग्ल्याण्डका जड बेलिङ्घम, जर्मनीका जमल मुसियाला, फ्रान्सका इडुवार्डो कामाभिङ्गा, नेदरल्याण्डका जाभी सिमानेन्स, पोर्चुगलका एन्टोनिओ सिल्भा, डेनमार्ककका रासमुस होजिल्डु र फ्रान्सका इल्ली वाही छन् ।
सन् २०२२/२३ मा गरेको प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक गरिएको हो। यो अवार्ड आउँदो अक्टोबर ३० मा प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।