काठमाडौं– यूईएफए च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन्स म्यानचेस्टर सिटीले कमब्याक जित निकालेको छ। नेपाली समयअनुसार मंगलबार राति भएको खेलमा घरेलु टोली म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडमाथि ३–१ को कमब्याक जित निकाल्यो।
खेलको ४५औं मिनेटमा इभानिकको पासमा बुकारीले गोल गर्दै बेलग्रेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको बेलग्रेडले दोस्रो हाफमा भने सरासर ३ गोल खायो।
दोस्रो हाफको ४७औं मिनेटमा हालाण्डको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए। अल्भारेजले नै ६०औं मिनेटमा अर्को गोल गरेपछि सिटीले २–१ को अग्रता बनायो।
७३औं मिनेटमा फिल फोडेनको पासमा रोड्रीले गोल गरेपछि सिटीले ३–१ को कमब्याक जित निकाल्यो।
यही समूहको अर्को खेलमा आरबी लेइपजिगले योङ ब्वाइजलाई ३–१ गोल अन्तरले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।