काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभपुरले जित निकालेको छ। लिभरपुलले वेस्टहाम युनाइटेडलाई ३–१ गोल अन्तरले हरायो।
लिभरपुलको जितमा मोहमद सलाह, डार्बिन नुनेज र जोटाले गोल गरे। वेस्टहामका लागि एक मात्र गोल बोवेनले गरे।
यता चेल्सीको खराब यात्रा भने जारी छ। आइतबार राति भएको खेलमा एस्टन भिल्लाले चेल्सीलाई १–० गोल अन्तरले हरायो। ७३ औं मिनेटमा वाटकिन्सले गरेको गोल निर्णायक बन्दा एस्टन भिल्ला विजयी भयो।
आइतबार राति भएको प्रिमियर लिगको अर्को खेलमा ब्राइटनले बोर्नमाउथलाई ३–१ ले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।