काठमाडौं– साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतले निर्धारित ९० मिनेटमा १–१ को बराबरी गरेका छन्। पहिलो हाफमा अग्रता लिएको भारतलाई दोस्रो हाफमा नेपालले गोल फर्काउँदै बराबरी गरेको हो।
नेपालका लागि समीर तामाङले ७४ मिनेटमा गोल गर्दै बराबरी गरेका हुन्। दीपक थापा मगरको असिस्टमा हेडर गोल गरेर नेपाललाई खेलमा फर्काएका हुन्।
यसअघि भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। भारतका लागि साहिल खुर्सिदले गोल गरेका हुन्।
निर्धारित समयमा विजेता टुंगो नलागेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। विजेता टिमले पाकिस्तानसँग फाइनल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।