• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका एआईजी ज्ञवालीको जन्म मिति विवाद: प्रतिशोध कि प्रयोग?
64x64
नारायण अधिकारी आइतबार, मंसिर ३, २०८०  १३:२८
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानको नेतृत्व गरेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्म मिति विवादबारे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग कागजात माग गरेको छ। समितिले गृहसँग ज्ञवालीको जन्म मितिसँग सम्बन्धित कागजात माग गरेको हो। 

समितिका सभापति समेत रहेका नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले जन्म मितिको कागजात मगाउन निर्देशन दिएपछि समितिका सचिव सुरजकुमार दुराले गृहमन्त्रालयसँग कागजात समेत माग गरेका छन्। 

गत कात्तिक १४ गते मात्रै शेरबहादुर चन्द नाम गरेका व्यक्तिले एआईजी ज्ञवालीविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी हालेका थिए। जन्म मिति सच्याएर ज्ञवाली प्रहरी सेवामा प्रवेश गरेको दाबी गर्दै छानबिन गरेर कारबाही गरिनुपर्ने माग चन्दको थियो। 

उक्त मागसहित उजुरी परेपछि राज्य व्यवस्था समितिले उजुरीबारे कारबाही प्रक्रिया अघि बढाएको हो। तर एआईजी ज्ञवालीको जन्म मिति बारेको यो विवाद भने नौलो होइन। यसअघि नै एआईजी ज्ञवालीको फरक–फरक जन्म मितिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयले छानबिन गरेका थिए। ज्ञवालीको जन्म मितिको विषयमा सर्वोच्च अदालतमा रिट समेत परेको थियो। 

यो पनि पढ्नुहोस

एआईजी ज्ञवालीको जन्ममिति विवादबारे गृहमा छलफल : कुनै कैफियत नदेखिएको निष्कर्ष

यी सबै ठाउँबाट जन्म मितिमा कुनै त्रुटि नदेखिएको भन्दै ज्ञवालीले ‘क्लिन चिट’ समेत पाएका थिए। तर अहिले फेरि जन्म मिति विवादको विषयलाई लिएर उजुरी गर्नुमा नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिशोधको रुपमा बुझ्नुपर्ने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन्। 

Shyam_Gyawali_janma_miti_bibad-1700379029.jpg
ज्ञवालीविरुद्धको रिट खारेज गर्ने सर्वोच्च अदालतको आदेश र उजुरी तामेलीमा राखिएको बारे अख्तियारको पत्र 

सामाजिक सञ्जाल फेसबुकमा पूर्वडीआईजी मल्लले लेखेका छन्, ‘आज मैले राज्य व्यवस्था समितिले एआईजी श्याम ज्ञवालीको उमेरसम्बन्धी छानबिनका लागि गृहलाई पत्र लेखेको समाचार पढेँ। यो विवादमा अख्तियार, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले समेत छानबिन गरी सफाइ दिइसकेको कुरा सर्वजनिक भइसकेको छ। सर्वोच्च अदालतमा परेको रिट खारेज भएपश्चात् पुनरावलोकन जाँदा पनि २ जना न्यायाधीशको बेञ्चले पुष्टि हुने आधार नदेखिएको भनेर निर्णय भै सक्दा पनि पुनः यो विषय उचालिँदा मलाइ अचम्म लागेन। किनकि श्यामसहित भुटानी शरणार्थी अनुसन्धानमा लागेकालाई राजनीतिज्ञहरुले दु:ख दिन्छन् भनेर हामीले त्यो बेला भनेकै हो। एउटा उच्चस्तरको अधिकारीले राम्ररी अनुसन्धान गरे बापत यसरी दु:ख पाउँछ भने अरु कर्मचारीमा यसले पार्ने असरको बारेमा नेता भनाउँदाले विचार गरेका छन् ?’ 

उपत्यकाको ३ जिल्लाको कमाण्ड गरेका ज्ञवालीको प्रत्यक्ष निर्देशनमा यसअघि भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भएको थियो। एआईजी ज्ञवालीकै निर्देशनमा भएको अनुसन्धानबाट कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाणदेखि एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत भइसकेका बहालवाला सांसद टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहित अन्य हाइप्रोफाइल व्यत्तिलाई पक्राउ परेका थिए। हाल उनीहरु मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। 

यो पनि पढ्नुहोस

एआईजी ज्ञवाली प्रकरण: ०४९ को नियमावलीमा भर्ना, ०७१ नियमावलीको योग्यता खोजिँदा हिसाब बिग्रियो!

त्यसपछि एआईजी ज्ञवालीकै निर्देशनमा नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु भएको थियो। भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको सम्पूर्ण विवरण केलाएका तथा मुद्दामा बसेर काम गरेका दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) नानिकाजी थापा र राजु अधिकारीलाई दोस्रो चरणको अनुसन्धानका लागि खटाइएको थियो। यो विषय प्रहरीभित्रै पनि गोप्य राखिएको थियो।

Ncell 2
Ncell 2

जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुमा कार्यरत रहेका उनीहरुको अन्यत्र सरुवा भए पनि एआईजी ज्ञवालीको निर्देशनानुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा पठाइएको थियो। अपराध अनुसन्धान कार्यालयमा उनीहरुका लागि छुट्टै एउटा युनिट खडा गरेर एसएसपी मनोज केसीले काममा लगाएका थिए। यो विषय सोही कार्यालयमा समेत गुपचुप राखिएको थियो। एआईजी ज्ञवालीको निर्देशनानुसार सुक्ष्म ढंगले भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढाएको सुइँको पाइएपछि कांग्रेसको दबाबमा एआईजी ज्ञवालीलाई भदौ १ गते उपत्यका कमाण्डबाट सरुवा गर्दै कार्य विभागमा पठाइएको थियो। 

यसअघि नै उजुरी परेर साम्य भइसकेको जन्म मिति विवादलाई लिएर फेरि उजुरी पर्नुमा प्रतिशोधको भावना मात्रै देखिएको पूर्वडीआईजी मल्लको बुझाइ छ।

नेपाल प्रहरीका पूर्व उपरीक्षक रवीन्द्र रेग्मी पनि ज्ञवालीको जन्म मितिको विवादलाई संसदीय समितिले पुन: उछाल्न खोज्नुले कानुनी राज्यको अवधारणा ध्वस्त पारेको बताउँछन्। विभागीय छानबिन, अख्तियार, सर्वोच्च अदालत हुँदै पुनरावलोकन समेत भएर टुंगिएको विषयमा अनुसन्धान गरेको जस्तो देखाउनु संसदीय समितिको ‘सर्वसत्तावादी सोच र हास्यास्पद कार्य’ भएको रेग्मी बताउँछन्। 

खास के हो एआईजी ज्ञवालीको जन्म मिति विवाद?
यसअघि एआईजीबाट प्रहरी महानिरीक्षक (आईजी)को प्रतिस्पर्धामा रहेका बेला पनि आईजी बन्नबाट रोक्न भन्दै ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। त्यतिबेला फरक–फरक जन्म मिति भएको, २५ वर्ष नाघिसकेपछि प्रहरी सेवामा प्रवेश गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालिएको थियो।

उजुरी हालेको बेला ज्ञवाली एआईजीमा बढुवा भएर आईजीको प्रतिस्पर्धामा थिए। तर एआईजी बढुवा भएलगत्तै अख्तियारले ज्ञवालीले २५ वर्ष नाघेपछि प्रहरी सेवामा भर्ना भएको हुनसक्ने तथा उनको फरक–फरक जन्म मितिबारे छानबिन गर्न भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।

Shyam_Gyawali_Citizen_Certificate-1700379140.jpg
ज्ञवालीको नागरिकता र एसएलसीको प्रमाणपत्र

प्रहरी नियमावलीले पूरा विवरण भएको प्रमाणपत्रलाई आधार मानेर उमेर गणना हुने उल्लेख गरेको छ। सोअनुसार ज्ञवालीको जन्म मितिको पूरा विवरण शैक्षिक प्रमाणपत्रमा उल्लेख छ। शैक्षिक प्रमाणपत्रअनुसार ज्ञवालीको जन्म मिति २०२५ भदौ २६ गते छ।

२०२५ भदौ २६ गतेको उनको जन्म मिति भएकाले प्रहरी निरीक्षकमा भर्ना २५ वर्ष नाघेपछि भर्ना हुन नमिल्ने हुँदा ज्ञवाली २५ वर्ष नाघिसकेपछि भर्ना भएको दाबी गरिएको छ। 

प्रहरी नियमावली २०७१ ले प्रहरी निरीक्षकमा भर्ना हुने योग्यताअनुसार उमेरको विवरणमा दरखास्त फारम दर्ता हुने अन्तिम मितिसम्ममा २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको उल्लेख गरेको छ। 

ज्ञवालीसहित उनका ब्याचीहरु २०५० मंसिरमा प्रहरी निरीक्षकका लागि आह्वान गरेको दरखास्तअनुसार भर्ना भएका व्यक्तिहरु हुन्। 

प्रहरी नियमावली २०७१ मा उल्लेख भएको प्रहरी निरीक्षकमा भर्ना हुने उमेर योग्यताअनुसार ज्ञवाली अयोग्य ठहरिन्छन्। २०५० मंसिरमा दरखास्त खुल्दा ज्ञवाली २५ वर्ष ३ महिनाका भइसकेका थिए। यसरी प्रहरी नियमावली २०७१ लाई आधार मानेर उमेर गणना हुँदा ज्ञवालीको भर्ना प्रहरी नै अयोग्य ठहरिन्छ। 

तर ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा भने प्रहरी नियमावली २०४९ कार्यान्वयनमा थियो।  प्रहरी नियमावली २०४९ अनुसार भने उनको भर्ना प्रक्रिया योग्य ठहरिन्छ। प्रहरी नियमावली २०४९ को दफा १३ मा प्रहरी निरीक्षकमा भर्ना हुन चाहिने योग्यताका बारेमा उल्लेख गरिएको छ। दफा १३ (क) मा उमेरबारे लेखिएको छ, ‘छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको।’

२०४९ को नियमावलीअनुसार उमेरको हिसाब गर्दा भर्ना हुने सालको वैशाखको १ गतेलाई आधार मान्नुपर्ने हुन्छ। अर्थात् ज्ञवालीले २०५० मंसिरमा प्रहरी निरीक्षकमा दरखास्त दिए पनि उमेरको हिसाब भने २०५० वैशाख १ गते २५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ। 

Police_rule_-1700379200.jpg

उक्त नियमावलीअनुसार उमेरको हिसाब गर्दा ज्ञवालीको जन्म मिति २०२५ भदौ २६ गतेबाट २०५० वैशाख १ गते २५ वर्ष ननाघेको भनेर हिसाब गर्नुपर्ने हुन्छ। जसअनुसार उमेरको हिसाब गर्दा ज्ञवालीको उमेर (भर्ना भएको वर्षको वैशाख १ गते)  २४ वर्ष ५ महिना हुन्छ। २०४९ को प्रहरी नियमावलीअनुसार उनको भर्ना प्रक्रियामा त्रुटि देखिँदैन। 

यही व्यवस्थालाई आधार मान्दै अख्तियारले समेत उक्त उजुरी तामेलीमा राखेको थियो। यही विषय गृहका तत्कालीन सचिव विनोदप्रकाश सिंहसहित महान्यायाधीवक्तासहितको टोलीले अध्ययन गरेर जन्म मितिमा कुनै त्रुटी नरहेको भन्दै अख्तियारलाई जवाफ पठाएको थियो। 

जन्म मितिबारेको विवादलाई नै लिएर सर्वोच्च अदालतमा परेको रिट समेत न्यायाधीश प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको इजलासले खारेज समेत गरिएको थियो। अहिले फेरि त्यही जन्म मितिको विषयलाई लिएर उजुरी हाल्नुलाई आफूमाथिको प्रहार भएको बताउँछन् एआईजी ज्ञवाली।

‘किन, कसले के उद्देश्यले सल्टिसकेको विषयमा फेरि उजुरी हाले उनीहरु नै जानुन्, तर मैले यसलाई भने मलाई दुखः दिने नियत बाहेक अरु केही बुझेको, देखेको छैन’ एआईजी ज्ञवालीले नेपाल लाइभसँग भने।

यो पनि पढ्नुहोस

दोस्रो चरणको अनुसन्धानमा २ इन्सपेक्टरलाई खटाएपछि एआईजीको सरुवा

 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मध्यरातमा बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ पक्राउ पर्नेमा कैलाली गोदावरी १० स्थायी घर भइ काठमाडौंको कालोपुलमा बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ र... बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीले आईएसआईको स्लिपर सेल (अरु नै भेषमा बसेर आवश्यक परेका बेला काम गर्नेगरी) विरुद्ध चलाएको अ... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली, वर्षाको सम्भावना शुक्रबार, जेठ ९, २०८२
मध्यरातमा बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का शुक्रबार, जेठ ९, २०८२
आईपीएलमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो, मिचेल मार्सको शतक शुक्रबार, जेठ ९, २०८२
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्