काठमाडौं- बलिउड सुपरस्टार सलमान खानले २५ वर्षपछि निर्देशक करन जौहरको फिल्ममा काम गर्ने भएका छन्। सलमान करनको धर्मा प्रोडक्सनले बनाउन लागेको फिल्म ‘द बुल’मा अनुबन्ध भएका हुन्।
आफू करनको साथमा २५ वर्षपछि सँगै काम गर्न लागेको अभिनेता सलमानले एक अन्तर्वार्तामा बताएका छन्। उनले भने, ‘म द बुल नामको एक फिल्म गर्दैछु।’
फिल्म द बुलमा सलमानले आर्मी अफिसरको भूमिका निर्वाह गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सलमान खानले करन चौहरसँग सन् १९९८ मा प्रदर्शित फिल्म ‘कुछ कुछ होता हे’ मा काम गरेका थिए। यो फिल्ममा सलमान अतिथि कलाकारको रुपमा देखिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।