काठमाडौं– दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको आगामी फिल्म ‘सालार’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ।
प्रशान्त नील निर्देशित फिल्म सालारको ट्रेलरमा प्रभास, जगपति बाबु र पृथ्वीराज सुकुमारन बेजोड भूमिकामा देखिएका छन्। फिल्म ‘सालार’मा प्रभासको अपोजिटमा श्रुति हसन देखिनेछिन्।
फिल्म ‘सालार’को कथा फारसीको सुल्तानको बारेमा हो। फिल्ममा पृथ्वीराज सुकुमारन सुल्तानको भूमिकामा छन्, जो खलनायक हुन् भने प्रभास उनको सबैभन्दा मिल्ने साथीको भूमिकामा छन्। जो पछि उनको शत्रु बन्छन्।
‘सालार’ होम्बले फिल्म्सको ब्यानरमा निर्माण भएको हो। फिल्म डिसेम्बर २२ मा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा हलमा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।