काठमाडौं– स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा खरिद–बिक्री भएको छ।
यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा आज त्यतिनै तौलको तेजाबी सुनको मूल्य रु एक लाख ४२ हजार निर्धारण भएको छ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले वृद्धि भएको छ। सोमबार प्रतितोला रु एक हजार आठ सय ३५ मा एक तोला चाँदी बिक्री भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।