• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण
64x64
रासस शुक्रबार, जेठ ३२, २०८१  १४:५२
1140x725

काठमाडौं– प्रतिनिधिसभामा सांसदहरुले विपद्को पूर्व तयारी गर्न र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले बजेटले जनताले खुसीयाली मनाउने दिन नआएको जिकिर गर्दै सरकारले चामल, गहुँ, दाल, गेडागुडीलगायतमा लगाएको अग्रिम करका कारण बजारमा महँगी र कालाबजारी मौलाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

सांसद अञ्जनी श्रेष्ठले महँगी र असुरक्षाले समाजलाई आक्रान्त बनाएको तथा सरकारी अस्पतालमा उपचार गर्न लामो समय पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरिन्। सांसद अनिता देवीले सरकारले मधेश प्रदेशका आगलागी पीडित परिवारका लागि आवश्यक रकम विनियोजन गर्न माग गरिन्। 

सांसद अम्बरबहादुर थापाले दैलेखको कर्णाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत सम्भार नहुँदा करिब दुई सय विद्यार्थीलाई पठनपाठनमा समस्या भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन्। यस्तै सांसद अम्बरबहादुर रायमाझीले सामाजिक सुरक्षाभक्ता लिन तथा नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको अवस्था भएकाले स्थानीय तहबाटै वितरण गर्न सरकारसँग माग गरे। 

सांसद डा अमरेशकुमार सिंहले तराईमा आगलागी पीडितको सम्पूर्ण आवास र अन्न जलेर नष्ट भएकाले तत्काल राहत उपलब्ध गराउन माग गरे। सांसद अमृतलाल राजवंशीले झापामा हात्तीको उपद्रोका कारण मकै बाली तहसनहस भएकाले त्यसको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए। 

सांसद अर्जुननरसिंह केसीले विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यस वर्षको मनसुनजन्य प्राकृतिक विपद्बाट करिब १८ लाख नागरिक प्रभावित हुने र चार लाख परिवार जोखिममा रहेको आकलनका सम्बन्धमा पूर्व तयारीका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। 

सांसद अरुणकुमार चौधरीले शून्य समयमा उठान गरिएका समस्या समाधान गर्न सरकारले चासो नदिएको गुनासो गरे। सांसद अशोककुमार चौधरीले विधि बनाउने थलोमा महत्वपूर्ण ओहोदामा बसेका व्यक्तिको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण गराए। 

सांसद आश्माकुमारी चौधरीले नेपाल कृषि प्रधान मुलुक भए पनि किसानले समयमा मल र बीउ नपाएको गुनासो गरिन्। सांसद असिम साहले सरकारले गत कात्तिक २७ गतेदेखि सामाजिक सञ्जाल ‘टीकटक’मा प्रतिबन्ध लगाउने काम गरेपछि स–साना व्यवसाय र दूरसञ्चार प्राधिकरणलाई घाटा भएको उल्लेख गर्दै व्यवस्थित रुपमा ‘टिकटक’ चलाउन दिन सरकारसँग माग गरे।

Ncell 2
Ncell 2

सांसद ईश्वरबहादुर रिजालले शून्य समयमा बोलेका विषयलाई  सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। सांसद ईश्वरी घर्तीले यही जेठ ३० गतेको बैठकमा केही सांसदले महिलाबारे असोभनीय शब्द बोलेकाले संसद्मा क्षमा माग्नुपर्ने माग गरिन्। सांसद उर्मिला थेबेले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु हुँदा प्रभावकारी उद्धार, राहत र पुनःस्थापनको काम सक्दो चाँडो गर्न सरकारको ध्यानाकर्षण गराइन्। 

सांसद उर्मिला माझीले व्यवस्था बदलिए पनि जनताको अवस्थामा परिपर्तन नआएको उल्लेख गर्दै आवश्यकताको आधारमा बजेट विनियोजन गर्न सरकारसँग माग गरिन्। सांसद ऋषिकेश पोखरेलले खेतीपातीको समय सुरुवात भएकाले किसानलाई आवश्यक मल र बीउ समयमै उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए। 

सांसद एकनाथ ढकालले सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाएकाले योग्यता, क्षमता, दक्षता र अनुभवको आधारमा जतिसक्दो छिटो नियुक्ति गर्न माग गरे। सांसद किरणकुमार साहले नेपाल धार्मिक सहिष्णुता भएको देश भएकाले धार्मिक विषयलाई लिएर द्वन्द्व गर्नेलाई कानुनी कारबाही गर्न माग गरे। 

सांसद कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय गौरवको योजना सुरुङमार्गका कारण दहचोकको पूर्वीद्वारमाथिको क्षेत्रमा रहेका घर चर्किन थालेकाले  सुरिक्षत पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद गणेश पराजुलीले प्राकृतिक स्रोतलाई सदुपयोग गर्नुको सट्टा बाहिरबाट ल्याउने र भएका स्रोतसाधन यतिकै खेर जाने परिपाटीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए। 

सांसद चन्दा कार्की भण्डारीले विपद् व्यवस्थापनमा सरकारको नीति स्पष्ट नभएको र स्वास्थ्य क्षेत्रलाई १० प्रतिशत बजेट छुट्ट्याउन माग गरिन्। सांसद चित्रबहादुर केसीले रोल्पाको मिजिङकी शिक्षक विपना घर्तीको सरुवाका लागि उच्च अदालत तुलसीपुरले सरुवा गर्न दिएको आदेशको कार्यान्वयन गराउन सरकारको ध्यानार्षण गराए। सांसद जुलीकुमारी महतोले सांसदहरुलाई स्वअनुशासनमा बस्न आग्रह गरिन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान
प्रभावकारी बन्दै काठमाडौँ महानगरको  ‘एक वडा, एक नमूना’ कार्यक्रम
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम
सम्बन्धित सामग्री
तीन लाख धरौटी बुझाएर छुटे धवलशमशेर सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि उनी आजै धरौटी बुझा... सोमबार, असार २, २०८२
प्रधानमन्त्री ओलीले भने : त्रिवि तोडफोडमा संलग्न जोसुकै भए पनि उन्मुक्ति पाउँदैनन् विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो... सोमबार, असार २, २०८२
अहिलेको सरकार भ्रष्ट र निरंकुश छ : उपाध्यक्ष श्रेष्ठ सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित शहिद रितबहादुर खड्का प्रतापको १३औं स्मृति कार्यक्रममा श्रेष्ठले बिभिन्न कारणले शान... सोमबार, असार २, २०८२
ताजा समाचारसबै
टी–२० आई सिरिज: नेदरल्यान्ड्सले दियो १५३ रनको चुनौतीपूर्ण लक्ष्य, सन्दीपले लिए तीन विकेट सोमबार, असार २, २०८२
तीन लाख धरौटी बुझाएर छुटे धवलशमशेर सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
टी–२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, किरण र रुपेशको डेब्यू सोमबार, असार २, २०८२
धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्