देहरादून – भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो ।
हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा एक बच्चा पनि छन् । खराब मौसमका कारण दुर्घटना भएको हो । उद्धारकर्ता र प्रहरी टोलीसँगै घटनास्थल पुगेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।