• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
बालबालिकामा ज्वरो आउँदा हुने मिर्गी
64x64
नेपाल लाइभ शनिबार, फागुन १७, २०८१  ०९:४९
1140x725
डा दिपक मोक्तान, बालरोग विशेषज्ञ

६ महिनादेखि ५ वर्षसम्मका उमेर समूहका बालबालिकामा कुनै पनि कारणले १००.४ डिग्री भन्दा माथि ज्वरो बढ्दा हुने मिर्गी वा मूर्च्छालाई अंग्रेजीमा फेब्राइल सिजर भानिन्छ।  यस उमेर समूहकॊ बालबालिकामा यो समस्या करिब ३ देखि ५ प्रतिशतसम्म देखिएको छ अर्थात् हरेक १०० जनामध्ये ३ देखि ५ जनामा पाइन्छ। 

यो समस्यामा बच्चा बेहोश हुने, हातखुट्टा र जिउ कडा हुने वा काम्ने, आँखा पल्टाउने, मुखमा फिँज आउने, सास लिन गाह्रो हुने र ऒठ नीलो हुने, जीब्रो टोक्ने, दाँत किट्ने आदि लक्षणहरु देखिन्छ।  कतिपय बच्चाले दिशापिसाब पनि गर्ने हुन्छ। यो प्राय: एकपटक ज्वरो आउँदा एकपटक आउँछ, ५ मिनेटभन्दा कम हुन्छ र आफैं रोकिन्छ। तर, कुनै-कुनै बच्चामा भने यो २४ घण्टाभित्र एकपटक भन्दा बढी हुने, लामो अवधिसम्म हुने (१५ मिनेट भन्दा बढी ) र शरीरको कुनै एक भाग मात्रै काम्ने वा कडा हुने गर्दछ। जसलाई अँग्रेजीमा कम्प्लेक्स फेब्राइल सिजर भनिन्छ। बच्चा काम्न वा कडा हुन रोकिएपछि केही समय सुस्त हुने, निदाउने वा निदाउला जस्तो हुन्छ। केही समयभित्रै बच्चा सामान्य अवस्थामा फर्किन्छ। यदि बच्चा काम्न छोडेको लामो समयसम्म पनि सामान्य अवस्थामा आएन भने अरु गम्भीर समस्या जस्तै दिमागको संक्रमण वा अरु रोगको लक्षण हुनसक्छ।  यस्तो अवस्थामा तुरुन्त अस्पताल लगेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ। 

यो रोगमा लक्षण छारे रोगमा जस्तै काम्ने, बेहोस हुने, आँखा पल्टाउने आदि भएतापनि यो छारेरोग हैन र छारे रोगमा जस्तो औषधि खानु पर्दैन। यसले बच्चाको शारिरीक, मानसिक तथा दिमागको बिकासमा असर गर्दैन। यो समस्या यदि आफ्नो नजिकको परिवारको सदस्यमा छ भने बच्चामा हुन सक्ने जोखिम बढी हुन्छ। 

यो रोग ज्वरो बढेपछि हुने हो। यस समस्यामा ज्वरोको कारण जे पनि हुनसक्छ । ज्वरोको प्रमुख कारणहरूमा भाइरल ज्वरो, रुघाखोकी ज्वरो, कान तथा घाँटीको संक्रमण, निमोनिया, पिसाबको संक्रमण, झाडापखाला आदि हुन् । यदि मूर्च्छा ज्वरो बिना नै आएको छ भने वा कहिले ज्वरोसँग आउने अनि कहिले ज्वरो बिना नै आउने भयो भने र लामो समयसम्म आयो भने यो अरु रोगको कारण हुनसक्छ र यसको पहिचानको लागि बेलैमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ। 

सामान्यतया यो रोगको निदानको लागि परीक्षणहरू जस्तै दिमागको एमआरआई/ईईजी  वा दिमागको पानीको जाँचको आवश्यक पर्दैन।  तर ज्वरोको कारण पत्ता लगाउन भने रगत, पिसाब आदिको जाँच आवश्यक हुनसक्छ । यसको उपचार भनेको ज्वरोको कारणको उपचार हो। ज्वरो जुन समस्याले भएको हो, त्यो समस्याको उपचार हो । बच्चालाई अरु रोगको ज्वरोमा जस्तै प्रशस्त झोल खाने कुरा दिने, सिटामोल दिने तथा चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने हो। सिटामोलले ज्वरो घटाएर बच्चालाई आराम बनाउँछ तर यसले बच्चालाई मूर्च्छा पर्नबाट बचाउँदैन। त्यसैले सिटामोलको सही प्रयोग गर्नुपर्छ।  

मूर्च्छा परेको समयमा भने तल उल्लेखित साबधानीहरू अपनाउनुपर्दछ ।  
- आफू नआत्तिकन सुरु भएको समय हेर्नुहोस्।  
-बच्चालाई पानी, आगो वा धारिलो बस्तुबाट टाढा सुरक्षित स्थानमा कोल्टे पारेर भुइँमा सुताउनुहोस्।  
-लुगा कस्सिएको छ भने खोल्नुहोस्। विशेषगरी घाँटी वा छातीको लुगालाई ध्यान दिनुहोस् किनकि यसले सास फेर्न असजिलो बनाउँछ।  
-बच्चाको मुखमा औंला वा अरु केही बस्तु नहाल्नुहोस्।  यस्तो अवस्थामा बच्चालाई मुखबाट केही पनि (औषधी समेत) खुवाउन मिल्दैन।  यसले सर्किन सक्छ र फोक्सोमा क्षती पुग्छ । 
-काम्न कम गर्न भनेर बच्चाको हातखुट्टा समाउने नगर्नुहोस्। सम्भव छ भने मोबाइलबाट भिडियो बनाउनुहोस्।  यो भिडियो हेरेर चिकित्सकलाई निदान गर्न सजिलो हुन्छ। 
- ५ मिनेटसम्म पनि बच्चा कामिरहेमा, काम्न छोडेको लामो समयसम्म पनि सामान्य अवस्थामा नफर्केमा तथा कुनै हातखुट्टा चलाउन नसकेमा वा लुलो भएमा अस्पताल लग्नुपर्दछ। तर बच्चामा पहिलोपटक मूर्च्छा समस्या आएको हो भने तुरुन्त अस्पताल लग्नुपर्दछ।  
माथि भनेझैं यौ समस्या छारे रोग हैन। तर निम्न अवस्थामा भने भबिश्यमा छारेरोग हुन सक्ने जोखिम बढाउँछ। 

-यदि नजिकको परिवारको अरु सदस्यमा छारे रोग छ भने,
-बच्चाको मानसिक र शारीरिक विकासमा समस्या छ भने,
-यदि मूर्च्छा पर्दा बच्चा १५ मिनेटभन्दा बढी अवधि हुने र एकपटकको ज्वरोमा १ पटक भन्दा बढी मूर्च्छा भएमा । 

यो समस्या करिब ३ जनामध्यॆ १ जना बच्चालाई एकपटक भएपछि ५ वर्षको उमेरसम्म ज्वरो आउदा दोहोरिन सक्छ। पहिलोपटक यो समस्या हुदा बच्चा १८ महिना भन्दा कम उमेरको छ भने, एकपटक ज्वरो आउँदा एकपटक भन्दा बढी मूर्च्छा परेको छ भने र परिवारको अरु सदस्यमा पनि येस्तै समस्या छ भने ५ वर्ष सम्म दोहोरिने खतरा बढ्छ। यस जोखिमलाई कम गर्ने औषधि हुँदैन र कुनै औषधि खुवाउनु पर्दैन । ज्वरोको औषधि र ज्वरोको कारणको उपचारको लागि भने चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ।

(डा मोक्तान हाल बेलायतको लन्डनस्थित अस्पतालमा बालमस्तिष्क तथा स्नायु रोगमा फेलोसिप गर्दै छन्)

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड
सम्बन्धित सामग्री
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन् अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्। शुक्रबार, असार १३, २०८२
पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान ‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक... आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
ताजा समाचारसबै
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्