सुर्खेत –मध्यपश्चिम विश्वविद्यालय (एमयू)को तेस्रो दीक्षान्त समारोहका अवसरमा शुक्रबार विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।
समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकाय र स्कुलबाट स्नातक तहमा दुई हजार एक सय ८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका हुन् ।
प्रधानमन्त्री ओलीले विभिन्न उत्कृष्ठ विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरेका थिए । कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा. डा. महेन्द्र पि लामा प्रमुख अतिथि रहेका थिए ।
विद्यार्थीलाई दीक्षित गर्दै प्रधानमन्त्री ओलीले डिग्री गरेर जागिरका लागि भौतारिने नभइ अब आफैं उद्यमशीलता गर्ने जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो प्रतिभा अनुसार क्षेत्र रोजेर अगाडि बढ्न विद्यार्थीलाई उनको सुझाव थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।