काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ। बैठक आज दिउँसो सवा १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
आजको बैठकमा पनि शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा धारणा राख्न समय दिइने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।