काठमाडौं – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी बनेका छन्।
सोमबार भएको निर्वाचनमा उनी सभापतिमा निर्वाचित बनेका हुन्।
उनले ७८९ मत प्राप्त गरे ।
६ हजार १६४ मतदाता विद्यार्थी रहेकोमा तीन हजा ११८ विद्यार्थीले मतदान गरेका थिए।
यसअघि चैत ५ गतेका लागि तोकिएको निर्वाचन हुन सकेको थिएन। नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो। त्यसपछि नेविसंघबाट दीपकराज जोशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका थिए भने अनोज कार्कीको उम्मेदवारी रद्द गरिएको थियो।
चैत १६ गते अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी गरेपछि त्रिविले आजका लागि निर्वाचनको मिति तय गरेको थियो। २०७९ सालमा भएको निर्वाचनमा नेविसंघका उम्मेदवार श्यामराज ओझा स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए।
मतपरिणाम
ने. वि संघ (दिपक राज जोशी)-७४५+४४=७८९
अनेरास्ववियु (सिद्धान्त भट्ट )-७४१+ ४०=७८१
क्रान्तिकारी(प्रविन दाहल)-६९७+३०=७२७
स्वतन्त्र (पदमा भुषाल)-१५७+ ९=१६६
स्वतन्त्र (उज्ज्वल खड्का)-६८६+ ३१=७१७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।