काठमाडौँ – पटक–पटक स्थगित भएको त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचनका लागि मंगलबार (आज) मतदान भइरहेको छ ।
विहान ८ बजेबाटै मतदान सुरु गर्ने भनिएपनि केहि ढिलो मात्रै मतदान सुरु भएको हो । देशकै पुरानो उक्त क्याम्पसमा नेविसंघका तर्फबाट सभापतिमा गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्टले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सचिवमा नेविसंघबाट आशिष गिरी र अनेरास्ववियुबाट सुमन पुलामी प्रतिस्पर्धामा छन् । कोषाध्यक्षमा नेविसंघबाट दुषयन्त गौतम र अनेरास्ववियुबाट सुवास विडारी रहेका छन् । निर्वाचनमा विशेष गरी नेपाल विद्यार्थी संघ (नेविसंघ) र अनेरास्ववियु बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।