काठमाडौं–शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन्।
केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माइतीघरमा सिटी जुलुस निकालेका हुन्।
-1743926520.png)
उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन्।
विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलन शिक्षकहरुले आज सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका हुन्। सरकारलाई ध्यानाकर्षण गराउन विरोध स्वरुप उनीहरुले र्यालीको क्रममा सिठ्ठी फुकेर आन्दोलन गरेको बताएका छन्।
-1743926520.png)
त्यस्तै नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन जारी छ। उनीहरुले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ।
शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले शैक्षिक हड्ताल घोषणा गरेको हो। देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन्।
-1743926530.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।