काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार सुशासन र स्थिरताको लागि बनेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य, महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिजय दिवस–२०८१ लाई उद्घाटनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले भने,‘सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘…अहिलेको सरकार स्थिरता, सुशासनका लागि बनेको हो। मुख्य एजेन्डा नै यही हो। स्थिरता र स्थायीत्व भनेको जकडिएको स्थिरता र स्थायीत्व होइन। गतिशील स्थिरता र स्थायीत्व हो।’
सरकारलाई काम गर्न बाध्य बनाउनको लागि कुनै आन्दोलन गर्न नपर्ने बताए।
‘अस्थिरताको अन्त्य, स्थिरता र स्थायित्व र सरकारका नीतिहरु छिनछिनमा बदलिने, व्यवसायी क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, एउटा सरकारको ठाउँमा अर्को सरकार बन्ने र अघिल्लो सरकारले ल्याएका राम्रा कामहरु पनि उच्चारण समेत गर्न नहुने जस्ता कुराहरूलाई अन्त्य गर्नको लागि यो सरकार बनेको हो।’
साथै, उनले छिनछिमा सरकार बदलिने, आफूभन्दा अघिल्लो सरकारले गरेका राम्रा कामहरूबारे उच्चारण नै गर्न नहुने लगायतका काम अब नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।