काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको छ। महासङ्घको प्रतिनिधि मण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षणका साथमा पुराना सहमतीहरु र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरुको २४ बुँदे सूची समेत बुझाएको हो । ध्यानाकर्षणपत्रमा नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो ? त्यसमा प्रष्टता आवश्यक छ ।
साथै विगतका सहमती कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको हो ? यसको ठोस जवाफ खोजेको जनाएको छ ।
महासंघको प्रतिनिधिमण्डलमा महासचिव तुला बहादुर थापा, उपमहासचिव अर्थ मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल रहेका छन्।
पाँच बजेबाट जारी भएको छलफल अहिलेसम्म चलिरहेको छ । छलफलमा महासंघको तर्फबाट ४ जना र मन्त्रालयको तर्फबाट शिक्षामन्त्री भट्टराई, शिक्षा सचिव डाक्टर दिपक काफ्ले र २ जना सहसचिव गरेर ४ जनाको सहभागीता रहेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।