काठमाडौँ –यहि चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रदर्शन स्थलबाटै फरार रहँेका दुर्गा प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरेर नेपाल ल्याइँदै छ ।
कानुनविद्, मानवाधिकारकर्मी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको रोहबरमा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको जिम्मा लगाएर झापाको भद्रपुर विमानस्थलबाट आजै काठमाडौं ल्याइने भएको हो ।
तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि दुई जनाको ज्यान गएको थियो । त्यसक्रममा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो । सुरक्षाकर्मीहरूलाई गाडी लिएर किच्न खोजेका प्रसाईं त्यही दिन फरार भएका थिए । फरार रहेकै अवस्थामा प्रसाईंले बुधबार मात्रै आफ्नो जीवनरक्षाको सुनिश्चित भए प्रहरीसमक्ष उपस्थित हुने बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।