काठमाडौं –यहि चैत्र १५ गते काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन पछि फरार रहेका दुर्गा प्रसाईंलाई पक्राउ गरेर झापा ल्याइएको छ । नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।
बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई आज बिहान झापा ल्याइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनलाई आजै काठमाडौँ ल्याउने तयारी गरिएको छ ।
प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप छ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घर र गाडीमा तोडफोड र आगजनी गरिएको थियो ।
प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनीमा समेत लुटपाट गरेका थिए । प्रदर्शनका क्रममा प्रसाईंले बलपूर्वक प्रहरी घेरा तोड्दै भीडलाई उत्तेजित बनाएका थिए । तीनकुनेमा भएको राजावादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन् । तर हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।