अष्ट्रेलिया – अष्टेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन (एन्जा) ले नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई बधाई तथा सम्मान गरेको छ।
शुक्रवार सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा पत्रकार महासंघकी अध्यक्ष शर्मालाई सम्मान गरेको हाे।
अष्टेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था (एन्जा)ले नेपाल पत्रकार महासंघको सहकार्यलाई निरन्तरता दिँदै थप सहकार्य गर्न सक्ने विषयमा छलफल गरेको थियो।
कार्यक्रममा अध्यक्ष शर्माले राजावादीको नाममा अराजक समूहले गरेको आन्दोलनमा पत्रकार सुरेज रजक को हत्या र सन्चार माध्यममाथि गरिएको आगजनी र तोड़फोडप्रति आपत्ति जनाइन्। ‘प्रेस माथिको दमन कुनै पनि हिसाबमा क्ष्म्य हुँदैन। दोषीमाथि हदैसम्मको कार्वाही हुनुपर्छ।’ उनले भनिन्। प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको आन्दोलनमा एक्यवद्धता जनाउन अपिल गरिन्।
उक्त कार्यक्रमा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिव भट्टराई , वरिष्ठ पत्रकार करिवर राणा , पत्रकार सचिन पोखरेल लगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारी, संरक्षक हेमन्त काफ्ले ,डा. शशेरसिह थापा, पत्रकार प्रदीप तिमिल्सिनाले प्रवासमा रहेर पत्रकारिता गर्न एकदमै कठिन हुदाँहुँदै पनि आफूहरुको पेशाप्रतिको लगावका कारण धेरै नेपाली पत्रकारले मिडियालाई समय छुट्टाएर पनि काम गरिरहेको बताए।
अष्टेलियामा करिब दुई लाख नेपालीको संख्या रहेकोले नेपाली मिडियाको भविष्य निक्कै नै राम्रो भए पनि व्यवसायिक हुन सकेका छैनन्’ अध्यक्ष तिवारीले भने। तिवारीले एन्जाले पत्रकार महासंघ मार्फत नेपाली पत्रकारको सुऱक्षा लगायतका विषयमा सहकार्य गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।