काठमाडौं – चार देश सम्मिलित टी–२० आई सिरिजअन्तर्गत नेपाल र घरेलु टिम हङकङबीचको खेल वर्षाले प्रभावित भएको छ । हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि घरेलु टोलीले अहिले ब्याटिङ गरिरहेको थियो ।
हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि अहिले खेल रोकिएको हो । हङकङका अंशुमान रथ १७, जिशान अली ३० र निजाकत खान ३ रनमा आउट भए ।
बाबर हयात र कल्हन चालुले समान १/१ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो । नेपालका लागि लतिल राजवंशीले २ तथा नन्दन यादवले १ विकेट लिएका छन् ।
जारी प्रतियोगितामा अपराजित नेपाल ह्याट्रिक जितको लक्ष्यमा छ । नेपाल दुई खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आज बिहान सम्पन्न खेलमा कुवेतले कतारलाई पराजित गरेपछि नेपाल दोस्रो स्थानमा झरेको हो । यसअघि नेपालले कतारलाई ८ र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।