काठमाडौं–शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज काठमाडौंमा गरेको प्रदर्शनले यातायात सेवा प्रभावित भएको छ।
उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा ठप्प भएको हो। उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको छ।
प्रदर्शनमा सहभागीहरुले ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा ऐन विरोधीहरु होसियार’ लगायतका नारा लगाएका छन्।
त्यस्तै हिजोदेखि विद्यार्थी भर्ना अभियान पनि सञ्चालन भएको छ।
नयाँ शैक्षिक सत्र सुरु भएपनि प्रमुख अभियानकर्ता शिक्षक तथा विद्यालय कर्मचारीहरू १५ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन्।
विगतका वर्षहरूमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका छन्। तर यो पटक भने भर्ना अभियान अन्योल बन्ने भएको छ। शिक्षकको आन्दोलनका कारण भर्ना अभियान पनि प्रभावित हुने भएको छ।
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।