काठमाडौं – इन्डियन प्रिमियल लिग (आईपीएल)मा पञ्जाब किंग्सले रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ५ विकेटले हराएको छ । वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा पन्जाबले सनसनीपूर्ण प्रदर्शन गर्दै जित निकालेको हो ।
आरसिबीले दिएको ९६ रनको लक्ष्य पछ्याएको पञ्जाबले ११ बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा ९८ रन जोड्दै सहजै भेट्टाएको हो ।
पन्जाबका लागि नेहाल बाधेराले अविजित रहँदै १९ बलमा ३३ रन जोडे । उनले समान तीनतीन चौका र छक्का प्रहार गरे । मार्कस स्टोनिसले दुई बलमा सात रन जोडे । आफूले सामना गरेको पहिलो बलमा एक रन लिएका उनले यस दयालको बलमा छक्का प्रहार गर्दै खेलको अन्त्य गरेका हुन् । आरसिबीका जोस हजेलउडले तीन ओभरमा १४ रन खर्चेर पञ्जाबको तीन विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले नौ विकेटको क्षतिमा ९५ रन जोडेको हो । सो टोलीका टिम डेभिडले अविजित रहँदै २६ बलमा ५० रन जोडे । उनको पारीमा पाँच चौका र ती छक्का समावेश थियो । कप्तान रजत पाटिदरले १८ बलमा २३ रन जोडे । अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
पञ्जाबलाई नियन्त्रणमा राख्ने क्रममा मार्को जेन्सनले तीन ओभरमा १० रन खर्चेर दुई तथा युजभेन्द्र चहलले तीन ओभरमा ११ रन खर्चेर दुई विकेट लिए । आर्शदीप सिंहले तीन ओभरमा २३ रन खर्चेर दुई विकेट लिए । दुई विकेट लिए पनि हरप्रित सिंह महँगो साबित भए । पराजयको बाबजुद आरसिबीका टिम डेभिड प्लेयर अफ द म्याच घोषित भए । यो जितपछि अंक तालिकामा पञ्जाब १० अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । भने आरसिबी आठ अंक सहित चौथो स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।