काठमाडौं– प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु चार घण्टापछि रिहा भएका छन्।
उनीहरुले सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेको थिए।
उनीहरु करिब ४ घण्टापछि छाडिएका हुन्।
उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।