रौतहट – रौतहटमा अवैध १० लाख नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिक आइतबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुरका २३ वर्षीय राज किशोर ठाकुर रहेका छन्।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अवैध १० लाख नेपाली रूपैयाँसहित उनलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा सिट मुनी राखिएको झोलाबाट उक्त रुपैयाँ बरामद गरिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।