काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज (बिहीबार) बस्दै छ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा अपराह्न २ बजेदेखि बस्ने बैठकले संसदको आगामी अधिवेशनका सम्बन्धमा छलफल गर्ने लगायत केन्द्रीय समिति बैठकले रास्वपा संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा छलफल हुने जानकारी दिइएको छ ।
शुक्रबारदेखि संसदको बजेट अधिवेशन शुरु हुन लागेकोले त्यसको तयारी स्वरूप बैठक बस्न लागेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।