काठमाडौं–सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेशन’विशेष कार्यक्रममा सुरु भएको छ।
युथ सेलिब्रेसनका लागि देशभरिबाट एमालेका युवा काठमाडौं आएका छन्।
-1745488397.png)
सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी युवा वक्ताहरूले युथ सेलिब्रेसन सभालाई सम्बोधन गरिरहेका छन्।
कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन्।

युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्त्व बुझाउनकै निम्ति आयोजना गरिएको एमालेको भनाइ छ।
-1745488398.png)
-1745488396.png)
‘जनताले जितेको दिन’ भन्दै ११ वैशाखको दिन उत्सवको रूपमा कार्यक्रम आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख गौतमले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।