काठमाडौँ–स्वतन्त्र उत्पादक संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् नियमन आयोगले अझ प्रभावकारी हिसाबले काम गर्नुपर्ने बताएका छन्।
बिहीवार राजधानीमा आयोजित विद्युत् नियमन आयोगको छैटौँ वार्षिक उत्सवको अवसरमा बोल्दै उनले नेपालका निजी र निजी क्षेत्रलाई मात्रै नभएर सरोकारवालाहरूलाई पनि सम्बन्धित विषयवस्तुमा सँगसँगै अघि बढाउन आयोगले प्रयास गरेको बताएका हुन्।
उनले ओली सरकार आएपछि केही महत्त्वपूर्ण काम भएको बताउँदै सरकारको प्रशंसा गरे। ऊर्जामन्त्रीको नेतृत्वले २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र बनाएको बताए।
बंगलादेशका लागि विद्युत् बेच्न सक्नु ठूलो उपलब्धि भएको कार्कीको भनाइ छ। २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्नका लागि नियमन आयोगको महत्त्वपूर्ण भूमिका हुने बताए।
कार्कीले भने‚ ‘यो सरकार आएपछि ऐतिहासिक काम भएको छ। कतिपयले मलाई प्रवक्ता समेत भन्नुहुन्छ। म त्योभन्दा पनि माथि उठेर काम गर्नुपर्छ भन्ने मान्यता राख्छु। प्रधानमन्त्रीले समृद्ध नेपाल सुखी नेपाली नारा लिनुभएको छ। साँच्चै त्यो पूरा गर्नकै लागि ऊर्जा क्षेत्र नै हो।’
उनले ५ लाखसम्म नेपाली जनतालाई बिनाधितो लगानी गर्ने वातावरण बनाए अर्थ हुने बताए। विद्युत् नियमन आयोगले २८ हजार ५ सय मेगावाट बिजुली नियमनसँगै खपत गर्ने, विद्युतलाई व्यापार गर्नेतर्फ सोच्न जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।