काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन्।
शनिवार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले जनताको अधिकारका नाममा समाज विकासका लागि महत्त्वपूर्ण प्रभाव खेल्न सक्ने व्यक्तिहरूमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादीको हिंसाको चरम कायरताको चिन्ह भएको बताए। त्यस प्रकारका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको महसुस गर्ने गरेको उल्लेख गरे।
नेता सिटौलाले स्व. रेग्मीले कांग्रेस पार्टी निर्माणमा पार्नुभएको प्रभाव र सङ्गठन निर्माणमा देखाएको बाटोमा हिँड्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।