काठमाडौं–नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ।
आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं। जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ।’
प्रवक्ता डा.महतले यस्ता अफवाहको शिकार कांग्रेसकै नेताहरु समेत भएको बताए। बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणको सबिस्तार ब्याख्या गर्दै कुनै संलग्नता नरहेको बताएका थिए।
लेखकको कुरालाई पार्टीले पूर्णरुपमा विश्वास गरेको भन्दै महतले भिजिट भिसामा संलग्नमाथि निष्पक्ष छानविन गरेर कारवाही हुनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।