काठमाडौँ–बेरोजगार मानिसहरूलाई क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङको बराहपोखरी गाउँपालिका–५ घर भएर टोखा बस्ने ३४ वर्षीय सम्झना राई छिन्।
उनलाई काठमाडौँ महानगरपालिका–१६ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले मंगलबार जानकारी दिएका हुन्।
आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।