काठमाडौं– सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५४ करोड रुपैयाँ छुट्याएको छ ।
बिहीबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
दशौं खेलकुद सुर्खेतको वीरेन्द्रनगरमा हुँदैछ । यही जेठमा हुने भनिए पनि रकम अभावका कारण तयारी नपुगेको भन्दै अनिश्चित बनेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।