काठमाडौं– नेकपा एमाले सांसद सूर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन्।
यसो भए नेपाली नोटको महत्व बढ्ने उनको भनाइ छ।
सोमबार अर्थ समितिको बैठकमा बोल्दै थापाले राष्ट्र एकीकरण गर्नेको तस्वीर नोटमा हुनुपर्ने धारणा राखेका हुन्।
आफू राजावादी नभएको प्रष्टीकरण दिँदै थापाले भने, ‘म गणतन्त्रवादी हो। गणतन्त्र ल्याउन लडेकै हो तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ। नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ।’
उनले नेपाली नोटमा शान्तिका दूत गौतम बुद्धको फोटो समेत राख्नुपर्ने बताए। बैठकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलसमेत सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।