काठमाडौँ –सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाली बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको छ । बिहीबार सुन तोलामा एक लाख ९२ हजार ९ सयमा कारोवार भएको थियो ।
यस्तै चाँदी तोलामा आज दुई हजार १६५ मा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।