काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदन बहिस्कार गरेको दिनको बैठक भत्ता नलिने भएको छ । सोमबार राप्रपा संसदीय दलले एक निर्णय गर्दै आइतबार बसेको प्रतिनिधि सभा बैठक राप्रपाले बहिस्कार गरेकाले सो दिनको बैठक भत्ता उपलब्ध नगराइदिन संसद सचिवालयलाई अनुरोध गरेको छ ।
आइतबार बसेको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर सदनमा राप्रपाले विरोध जनाएको थियो । विरोधकै बेला पनि सभामुख देवराज घिमिरेले पेलेरै सदन अघि बढाएका कारण राप्रपाका सांसदहरु बैठक बहिस्कार गरि हिँडेका थिए ।
उक्त दिनको बैठक भत्ता राजस्वमा फिर्ता हुने गरी व्यवस्था मिलाइदिन संसद सचिवालयलाई राप्रपाले अनुरोध गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बहिस्कार गरेको दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रुपमा उचित नहुने भएकाले उक्त निर्णय गरिएको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।