ईनरुवा– सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ।
बराहक्षेत्रमा नगरपालिका वडा नम्बर २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए।
आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेका हुन्। कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको हो।
हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन। जिल्ला वन कार्यलय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलिले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।