काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामका विषयमा अझ राम्रोको अपेक्षा गरेको बताएका छन् ।
उनले आफू जी–सेभेन सम्मेलनबाट दुई देशबीच युद्धविरामका लागि मात्र नभई अझ त्यो भन्दा राम्रो परिणाका लागि वाशिंटन फर्किएको बताएका छन् ।
पत्रकारहरुले यसको अर्थक के हो भन्दै सोधेको प्रश्नमा उनले अस्पष्टता जताएका छन् । ट्रम्पले भने, ‘एक साँच्चिकैको अन्त्य । जो इरानका तर्फबाट पूरै तरिकाले हार मान्नु पनि हुन सक्नेछ ।’
उनले इरानले परमाणु कार्यक्रमलाई पूरै तरिकाले त्याग्नुपर्ने अडान पनि राखे । यद्दपि यसका लागि थप कुराकानीको आवश्यकताका विषयमा उनले भने, ‘अहिले कुरा गर्ने मूडमा छैन ।’
इजरायलले आक्रमण गर्नुअघि नै परमाणु सम्झौतामा हस्ताक्षर गरेको भए राम्रो हुने कुरा दोहोर्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।