हेटौँडा– विपी राजमार्ग अन्तर्गतको पात्लेखेतमा लेदो सहितको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो।
आज साँझ ५ बजे तिर खसेको पहिरोले दुई तर्फ सडक पूर्ण रूपमा बन्द भएको थियो तर अहिले एकतर्फी सवारी आवागमन सुचारू भएको अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ कार्यलय प्रमुख वरिष्ठ सई कुलबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार पहिरोले अवरूद्ध सडक जेसीबी प्रयोग गरेर दुईतर्फी नै सुचारू गर्ने प्रयास जारी छ।
उनले भने, ‘पात्लेखेतमामाथिबाट आएको लेदोसहितको पहिरोले सडक अवरूद्ध बनायो। एकतर्फी सवारी आवागमन सुचारू भएको छ। अहिले जेसीबीले सडकको पहिरो हटाउने काम भइरहेको छ।’
यसका साथै बीपी राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई विशेष सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेले अनुरोध गरेको छ।
वर्षाको समयमा सडक अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेका प्रमुख सुनिल धुजुले आग्रह गरे ।
पहिरोका कारण सडक बन्द हुँदा सवारी साधनहरु आवतजावत ठप्प भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।