काठमाडौं –अष्ट्रेलियाले इरानमा बढ्दो तनावलाई ध्यानमा राख्दै राजधानी तेहरानमा रहेको आफ्नो दूतावासको काम निलम्बन गरिएको बताएको छ ।
अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले भनिन्, ‘वर्तमान अवस्थामा, कन्सुलर सेवाहरू प्रदान गर्ने हाम्रो क्षमता धेरै सीमित छ । हवाई क्षेत्र अझै बन्द छ ।’
अष्ट्रेलियाले आफ्ना सबै अधिकारीहरू र उनीहरूका परिवारहरूलाई इरान छोड्न निर्देशन दिएको छ । पेनी वोङले इरानको छिमेकी देश अजरबैजानमा कन्सुलर कर्मचारीहरू तैनाथ गरिएको बताइन् । यसैबीच इरानमा रहेका कम्तिमा १,५०० अष्ट्रेलियाली नागरिकहरू र उनीहरूका परिवारहरूले त्यहाँबाट निस्कन मद्दत मागेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।