काठमाडौं – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत देखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुगेका नवराज बोहराले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेका छन् ।
बोहराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लागेको जानकारी प्रचण्डलाई दिएका छन् ।
अध्यक्ष प्रचण्डले बोहराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पारे ।
उनले बोहराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिए । अभियान्ता बोहोराले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।