काठमाडौं– कहिले पत्ता लाग्ला निर्मला पन्तको हत्यारा? १०० दिन, ६ महिना, वर्ष दिन, पाँच वर्ष, १० वर्ष वा २०औं, उत्तर सहज छैन।
_x000D_ _x000D_
अनुसन्धानमै खटिएका प्रहरी अधिकारीहरु निर्मला पन्तका हत्यारा पत्ता लाग्लान् भन्ने पूर्ण विश्वास छैनन्। तैपनि प्रहरी अधिकारीहरुले आफ्नो स्रोत, साधन, क्षमताले भ्याएसम्म अनुसन्धानमा खटिएको दाबी गरिरहेका छन्।
_x000D_ _x000D_
जबकी अनुसन्धानमा खटिएका टोलीहरुले अहिलेसम्म निर्मलाको हत्या कहाँ भयो भन्नेसम्म पत्ता लगाउन सकेका छैनन्। एउटा अनुसन्धान टोलीको निष्कर्ष छ, एक व्यक्तिबाट मात्रै बलात्कार र हत्या भएको हो। तर उपसचिव हरिप्रसाद मैनालीको टोलीले सामूहिक बलात्कार भएको भन्दै प्रतिवेदन नै सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक भएका सूचना र तथ्यहरुसँग प्रतिवेदन बाझिएको छ।
_x000D_ _x000D_
अहिलेसम्मका अनुसन्धानहरु हत्यारा पत्ता लगाउनु भन्दा पनि घटना कसरी भयो भन्नेमा नै केन्द्रीत भए जस्तो देखिएको छ। सुरुमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले चरम लापरवाही गरेको भन्दै निलम्बन नै गरेर अन्य प्रहरी अधिकारी अनुसन्धानमा खटाइको छ।
_x000D_ _x000D_
अनुसन्धानमा पोख्त मानिने सिआइबीका एसएसपी ठाकुर ज्ञवाली, डिएसपी कमल थापाको टोली महेन्द्रनगरमा खटिएको पनि एक महिना पुग्न लागिसक्यो। त्यसैगरी एसपी दुर्गासिंहको प्रहरी टोली, कञ्चनपुरकै स्थानीय प्रहरी र प्रहरी प्रधान कार्यालयबाट ठूलो संख्यामा सादा पोशकको प्रहरी टोली कञ्चनपुरमा परिचालन भएको छ।
_x000D_ _x000D_
प्रहरी, गृहमन्त्रालयको सरकारी टोली, मानव अधिकार आयोग, विभिन्न संघसंस्था निर्मला हत्या अनुसन्धानका लागि परिचालन हुँदा पनि परिणाम शुन्य छ। हत्या भएको ७६ दिन पुगिसक्दा समेत अनुसन्धान अधिकारीहरु हत्याराको नजिक पुग्न सकेका छैनन्।
_x000D_ _x000D_
मानव अधिकार आयोग, हरिप्रसाद मैनालीको टोलीले प्रतिवेदन सार्वजनिक गरेका छन्। त्यसमा पनि कुनै क्लु फेला परेको छैन।
_x000D_ _x000D_
मैनाली समितिको प्रतिवेदनले अनुसन्धानमा केही प्रश्न उठाएको छ। जस्तो की आमाको सही छाप बिनै निर्मलाको मुचुल्का उठाउनु, निर्मलाको कपडा गायब पारिनु, प्रहरीले अभियुक्त भनि पक्राउ परेर पछि डिएनएमा निर्दोष देखिएपछि छाडिएका दिलिपसिंह विष्टको कपडाको कलर फरक परेको भन्दै सच्याई पाउँ भनेर लेखी पठाउनुलगायतका कुराहरुमा संका गर्ने ठाउँ रहेको मैनालीको समितिको ठहर छ।
_x000D_ _x000D_
सँगै प्रतिवेदनले अनुसन्धानको दायारा फराकिलो पार्न र एसपी विष्ट र बम दिदीहिनीमाथि थप अनुसनधान गर्न सुझाव दिएको छ। मैनालीको नेतृत्वको समितिको मुख्य मर्म यतिनै हो।
_x000D_ _x000D_
मानव अधिकार आयोगको मर्म पनि मैनाली समितिको भन्दा खासै फरक छैन।
_x000D_ _x000D_
अब प्रश्न उठ्छ हत्याको अनुसन्धान अब कता? र, कसरी? आयोग र मैनाली समितिले भनेकै व्यक्ति एसपी विष्ट र बम दिदीबहिनीमाथि थप अनुसन्धान गर्दा हत्यारा पत्ता लाग्ला? निलम्बनपछि अनुसन्धानमा पठाइएका प्रहरी अधिकारीहरुले बम दिदीबहिनी र एसपी विष्टमाथि अनुसन्धान नगरेकै हुन् र? अनुसन्धान गरेका भए किन अनुसन्धान सहि दिशामा पुगेको देखिएन?
_x000D_ _x000D_
अहिलेसम्मका अनुसन्धानमा थपिदैं गएका प्रश्नहरुले निर्मला हत्याकाण्ड अझै जटिल बनाउँदै लगेको स्पष्ट छ। तर प्रहरी प्रशासनका जानकारहरु र मानवअधिकारवादीले भने अनुसन्धानका सबै पक्षहरु खुल्ला राख्नुपर्ने तर्क गर्दै आइरहेका छन्। मानव अधिकार आयोगले नै निर्मला हत्या काण्ड र अनुसन्धानको बारेमा सरकारलाई ८ बुँदे निर्देशन पठाएको छ। आयोगका सचिव वेद भट्टराईद्धारा हस्ताक्षरित निर्देशन पत्रको ५ औं बुदामा डिएनएको बारेमा उल्लेख गरिएको छ।
_x000D_ _x000D_
त्यहाँ प्रष्ट भनिएको छ, ‘संकास्पद व्यक्तिको डिएनए परीक्षण गरिएको भनिए तापनि उक्त ल्याबमा प्रयोग गरिएका औजार, रसायनको प्रयोग, यौनिक स्वाब सुरक्षा र वीर्यको परीक्षण गर्न पर्याप्त तत्वहरु थियो वा थिएन सो को समेत पुनः बिश्लेषण तथा जाँच गरी एकिन गर्नु।’
_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_
यतिका प्रहरी अनुसन्धान अधिकृत, विभिन्न संघसंस्था लागि पर्दा पनि कुनै तथ्य फेला नपरेपछि संकास्पद व्यक्तिको डिएनए पुनः परीक्षण गर्नु पर्ने आयोगको निर्देशन छ। अहिलेसम्म पनि कुनै क्लु फेला नपरेकाले डिएनएको औजार, रसायनको प्रयोग, यौनिक स्वाब सुरक्षा र वीर्यको परीक्षणमै केही कमीकमजोरी पो भए कि?
_x000D_ _x000D_
आयोगको यो बुँदाले शंकास्पद जो कोहीबारे पुनः सोधखोज र परिक्षणको ढोका खुल्ला गर्न सुझाव दिएको छ। ‘यही बुँदामा टेकेर एसपी डिल्लीराज विष्टदेखि दिलिपसिंह विष्टसम्मको डिएनए पुनः परीक्षण गर्न पनि सकिन्छ’ प्रहरीका एक उच्च अधिकृत भन्छन् ‘प्रमाणहरु नस्ट गरिएको भन्ने कुरा पनि प्रतिवेदनले अघि सारेको छ, यस्तो बेलामा जीरोबाट अनुसन्धान सुरु गर्न सकिन्छ।’
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।