• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ
64x64
नेपाल लाइभ शनिबार, असार २८, २०८२  १३:१०
1140x725

एजेन्सी – इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्याप्त रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिकरूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग स्वास्थ्य सेवा, खानेपानी आपूर्ति, सरसफाइ तथा आपतकालीन सेवाहरूको सञ्चालनका लागि अत्यावश्यक हुन्छ ।

चार महिनाभन्दा लामो समयदेखि जारी इन्धन प्रतिबन्धका कारण सेवा प्रवाहमा गम्भीर असर परेको ओसीएचएले जनाएको छ ।

‘स्पष्ट रूपमा भन्नुपर्दा, गाजामा इन्धनको अभाव अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको छ,’ ओसीएचएद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘यदि अहिले कायम रहेका सीमितताहरू तुरुन्तै हटाइएनन् र नियमित रूपमा पर्याप्त मात्रामा इन्धन आपूर्ति हुन सकेन भने, धेरै जीवनरक्षक सेवाहरू पूर्णरूपमा बन्द हुने खतरा छ।’

ओसीएचएले गाजाभित्र समयमै पहुँच सुनिश्चित गर्न आग्रह गर्दै आएको छ । इन्धन वितरण प्रयास दक्षिण गाजासम्म सीमित रहेका छन्, किनभने उत्तर गाजातर्फ पुर्‍याउने अनुमति इजरायलले प्रदान नगरेको ओसीएचएले जनाएको छ ।

‘उत्तर गाजामा रहेका अस्पतालहरू बन्द हुने स्थितिमा छन्। एम्बुलेन्स सेवा, खानेपानी प्रशोधन केन्द्र र अन्य अत्यावश्यक सेवाहरूमा पनि इन्धनको अत्यधिक अभाव छ,’ कार्यालयले जनाएको छ । इन्धन अभाव मात्र होइन, गाजामा हाल विभिन्न खाले मानवीय चुनौतीहरू थप जटिल बन्दै गएका छन् ।

युद्धविरामको अभावमा दैनिकजसो निवारण गर्न सकिने मृत्युहरू भइरहेका छन् । भोक, प्यास र उपचारको खोजीमा रहेका सर्वसाधारण सहायता लिन जाँदा पनि ज्यानको जोखिममा परिरहेका छन् । बिहीबार इजरायलसँग समन्वय गरेर गरिएको १५ सहायता प्रयासमध्ये केवल ६ प्रयासहरू सफल भएका थिए । यसले घाइतेको उद्धार, जोखिमयुक्त क्षेत्रबाट सर्वसाधारणको स्थानान्तरण र स्वास्थ्य उपकरणको मूल्यांकनजस्ता महत्त्वपूर्ण कामहरू प्रभावित पारेको ओसीएचएले जनाएको छ ।

बुधबार गाजा सहरको एक क्षेत्रमा १८ जना घाइते व्यक्ति भग्नावशेषमा फसेको सूचना पाएर उद्धार टोली पठाउने अनुमति मागिएको थियो । तर अनुमति ढिला भइ बिहीबारमात्र प्राप्त भयो र त्यो समयसम्म कोही पनि जीवित भेटिएनन् ।

Ncell 2
Ncell 2

ओसीएचएले हाल आश्रयका लागि आवश्यक सामग्रीको भण्डारण पूर्ण रूपमा सकिएको र विगत १३० दिनभन्दा बढी समयदेखि इजरायलले नयाँ पाल तथा आश्रय सामग्री प्रवेश गर्न नदिएको जानकारी दिएको छ ।

साथै, द्वन्द्व र असुरक्षाका कारण गाजाभित्र कार्यरत सहायता कर्मचारीहरूको सुरक्षामा समेत गम्भीर चुनौती देखिएको छ ।

बुधबार र बिहीबारका दिन, सहायता टोली रहेका स्थानहरू नजिकै भएका हवाई आक्रमणहरूबाट ठूलो जोखिम उत्पन्न भएको थियो । भाग्यवश, कुनै पनि सहयोगकर्मी घाइते भएका छैनन् । तर, यस्ता घटनाले मानवीय काममा संलग्न सबैको सुरक्षालाई गम्भीर रूपमा असर पुर्‍याउने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्तेफान दुजारिकले मानव अधिकार कार्यालयबाट प्राप्त पछिल्लो विवरण सार्वजनिक गर्दै भने, ‘गाजा क्षेत्रमा राहत सामग्री लिन खोज्दा ज्यान गुमाएका ८१९ जना फिलिस्तीनीको तथ्यांक हामीसँग छ । यसमध्ये अधिकांश व्यक्ति सहायता वितरण केन्द्रहरू र राहत सवारीसाधन नजिक मारिएका थिए ।’

उनले निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको जोड दिँदै भने, ‘जहाँ नागरिकहरू दैनिक रूपमा केवल खाना लिन जाँदा मारिन्छन्, त्यो प्रणालीलाई मानवीय भनेर स्वीकार गर्न सकिन्न ।’

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई वितरण गरे जग्गाधनी पुर्जा
समाज रूपान्तरणको लागि विचार सबैभन्दा महत्त्वपूर्ण छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिक दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुन्छ : बस्नेत
सम्बन्धित सामग्री
गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिकरूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग... शनिबार, असार २८, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुर्घटना हुँदा विमानमा सवार २४१ जनासहित कुल २६० जनाको मृत्यु भएको थियो। शनिबार, असार २८, २०८२
गत वर्ष ट्रम्पमाथि गोली प्रहार भएको घटनामा सेक्रेट सर्भिसका छ जना १० देखि ४२ दिनसम्म निलम्बित सो हमलामा ट्रम्पले टाउको चलाएका कारण गोली टाउकोमा नलागेर दाहिने कानमा छोएर गएको थियो। त्यतिबेला उनलाई जोगाएका एजेन्ट सन करेनलाई ट्रम... बिहीबार, असार २६, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई वितरण गरे जग्गाधनी पुर्जा शनिबार, असार २८, २०८२
समाज रूपान्तरणको लागि विचार सबैभन्दा महत्त्वपूर्ण छ : पूर्वराष्ट्रपति भण्डारी शनिबार, असार २८, २०८२
राजनीतिक दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुन्छ : बस्नेत शनिबार, असार २८, २०८२
राजनीतिक दलहरू जनताभन्दा सर्वशक्तिमान् भए : महामन्त्री बुर्लाकोटी शनिबार, असार २८, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्