काठमाडौं– संसदीय समितिले बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ।
_x000D_
_x000D_
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सो आयोजनाको स्थलगत अवलोकनका लागि अनुगमन समिति गठन गरेको हो। समितिका सदस्यहरु पछि चयन गर्ने गरी सिक्टा सिँचाइ आयोजनाको स्थलगत अनुगमनका लागि समिति गठन गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन्।
_x000D_
_x000D_
सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा देखिएको समस्या समाधानका सम्बन्धमा आवश्यक छानबिन गर्न समितिले अनुगमन समिति बनाएको हो। ठेक्का सम्झौता अनुसार काम नभएपछि मूल नहरमा समस्या देखिएको समितिको प्रारम्भिक निष्कर्ष छ। राष्ट्रिय गौरवको यो आयोजना निर्माण नहुँदै भत्किन थालेपछि समस्या देखिएको हो।
_x000D_
_x000D_
समितिको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।